पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता | Khabarhub Khabarhub

पाकिस्तानमा हिंसा अन्त्य गर्न सरकार र प्रतिबन्धित टीएलपी पार्टीबीच सम्झौता


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तान सरकारले त्यहाँ जारी हिंसा अन्त्य गर्न प्रतिबन्धित दक्षिणपन्थी पार्टी तेहरिक–इ–लबिक पाकिस्तान (टीएलपी) पार्टीसँग सम्झौता गरेको छ । योसँगै पाकिस्तानमा १० दिनदेखि जारी हिंसात्मक प्रदर्शन अन्त्य भएको छ ।

विदेशमन्त्री साह महमुद क्वार्शी र धार्मिक नेता मुफ्ती मुनिबुर रेहमानबीच वार्ता भएको थियो । दुई पक्षबीच भएको समझधारी भने सार्वजनिक गरिएको छैन् । ‘वार्ताको विस्तृत विवरण र सकरात्मक नतिजा देशसामू एक साताभित्र आउनेछ,’ वार्तापछि टीएलपीका नेता रेहमानले भने ।

सरकारले पक्राउ गरेका आफ्ना नेता साद रिजभीको सकुशल रिहाईको माग गर्दै टीएलपीले एक साताअघि लाहोरबाट इस्लामावादसम्म विशाल ह्याली आयोजन गरेको थियो ।

फ्रान्सविरोधी प्रदर्शन गर्ने क्रममा गत बर्ष रिजभी पक्राउ परेका थिए ।

फ्रान्सको चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको काटूर्न बनाएपछि टीएलपीले फ्रान्सविरुद्ध प्रदर्शन गरेको थियो । टीएलपीले पाकिस्तानका लागि फ्रान्सेली राजदूतलाई देश निकाला गर्नसमेत माग गरेको छ ।

राजधानीतर्फ बढ्दै गरेको विशाल प्रदर्शन रोक्न सरकारले अर्धसैनिक बल तैनाथ गरेको थियो । ह्यालीलाई रोक्ने प्रयासपछि टीएलपीका समर्थक र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो । हिंसामा सात प्रहरी अधिकारी र चार प्रदर्शनकारीको मृत्यु भएको थियो ।

फ्रान्सेली राजदूतलाई देश निकाला गरी दूतावास बन्द गर्न टीएलपीले गरेको मागलाई प्रधानमन्त्री इमरान खानले अस्वीकार गरेपछि हिंसा भड्किएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ५० बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको