डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम | Khabarhub Khabarhub

डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीन दिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ ।

उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो ।

तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकाका २५ माविका विपद् जोखिम न्यूनीकरण सम्पर्क शिक्षक सहभागी भएको परियोजनाका अनुगमन मूल्याङ्कन जवाफदेही अधिकृत मायाकुमारी बमले जानकारी दिए । उनका अनुसार उक्त तालिममा विद्यालयमा हुने प्राकृतिक विपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अवलम्बन गर्न तथा क्षमता विकासलगायत विषयमा जानकारी दिइने भएको छ ।

उक्त तालिम समापनपश्चात् विद्यालय सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने लक्ष्य लिइएको सामुदायिक विकास मञ्चका अध्यक्ष खडकराज शर्माले बताए । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने उनको भनाइ छ । उक्त तालिमको सहजीकरण देवेन्द्र गुरुङ र सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनाका संयोजक विवेक गौतमले गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ३० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०