कोरोना संक्रमित राप्रपा नेता थापाको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमित राप्रपा नेता थापाको निधन


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समिति सदस्य बलराम थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका २ निवासी थापाको काठमाडौंमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

तीन हप्ताअघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भई वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेको थियो ।

थापाको निधनप्रति राप्रपा अध्यक्ष कमल थापाले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।

राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि थापाको निधनले अविचलित राष्ट्रवादी योद्धा गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

विभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिया थापाको निधनप्रति राप्रपा नवलपुर तथा अन्य जिल्लाका सामाजिक संस्थाहरुले दुःख ब्यक्त गरेका छन् ।

नवलपुरमा ६२ संक्रमित थपिए

पूर्वी नवलपरासीमा आइतबार थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएकोछ । जिल्लाको देवचुली नगरपाालिकामा मात्रै थप २८ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मध्यबिन्दु नगरपालिकामा २२, कावासोती नगरपालिकामा ६, गैडाकोट नगरपालिकामा ५ र बिनयी त्रिवेणी गाउँपालिकामा थप १ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : ३५ बजे

भारतको छत्तीसगढमा सडक दुर्घटना, १८ मजदुरको मृत्यु

काठमाडौं– भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८

पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग

काठमाडौं– पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न संघीय

बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ

मकवानपुर– बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अन्तर्गत रहेका विषयगत

बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको