वर्षाबाट उद्धार गरिएकी वृद्ध महिलाको पत्र | Khabarhub Khabarhub

वर्षाबाट उद्धार गरिएकी वृद्ध महिलाको पत्र


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातको साढे एघार बजिसकेको थियो । वर्षा र आँधी छल्न एक वृद्ध अफ्रिकन महिला अलवामा हाइवेको छेउमा उभिइरहेकी थिइन् । त्यहाँ उनको कार बिग्रिएको थियो । उनी घर जानका लागि अर्को कुनै सवारी पर्खिरहेकी थिइन् । वर्षाको पानीले उनलाई निथ्रुक्क भिजाइसकेको थियो । निकै बेरसम्म पनि कुनै सार्वजनिक यातायात नपाएपछि उनले आउँदै गरेको एउटा गाडीलाई सहायताका लागि झन्डा हल्लाइन् ।

एउटा अमेरिकन गोरो युवकले गाडी रोक्यो र उनलाई सुरक्षित रुपमा ट्याक्सी पाइने स्थानसम्म पुर्‍याइदियो । ट्याक्सीमा चढ्नसमेत मद्दत गरिदियो । वृद्धले ती गोरालाई हार्दिकतापूर्वक धन्यवाद दिइन् र उनको ठेगाना मागेर आफ्नो बाटो लागिन् ।

सात दिनपछि त्यो युवकको ढोकामा कसैले ढकढक गर्‍यो । आश्चर्य, कसैले उनका लागि सुन्दर रङ्गीन टेलिभिजन उपहारस्वरुप पठाएको थियो । त्यसमा एउटा विशेष नोट पनि लेखिएको थियो— मलाई हाइवेबाट उद्धार गरेकोमा तिमीलाई धेरै धेरै धन्यवाद । त्यो वर्षाले मेरो लुगामात्र भिजाएको थिएन, मेरो आत्मालाई समेत भिजाइरहेको थियो । तिम्रो साथ पाएर मैले आफ्नो मर्दै गरेको पतिका लागि ओछ्यान बनाइदिन भ्याएँ । तिमीलाई भगवानले अरुको मद्दत गर्ने शक्ति सधैँ दिऊन् ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ४५ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा