खानपानका यी ५० नियम, अपनाउन सके मिल्छ दीर्घ जीवन | Khabarhub Khabarhub

खानपानका यी ५० नियम, अपनाउन सके मिल्छ दीर्घ जीवन



१.   भोजन गर्ने एउटा निश्चित समय निर्धारण गरौँ र सोही समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ ।

२. खाना मस्त भोक लागेपछि मात्र खाने गरौं । भोक नलागी खान खानु स्वास्थ्यको लागि उचित होइन ।

३. जति खाना खाँदा लागेको भोक शान्त हुन्छ त्यति मात्र खाना लिने गरौं ।

४. भोकले मागेको भन्दा कम खाँदा क्षुदा शान्त हुँदैन भने कोचीकोची खाँदा पनि पाचनमा समस्या र श्वास फेर्न कठिन हुन्छ, मोटोपन बढ्छ ।

५. खाना खाँदा स्वच्छ, सफा र शान्त ठाउँमा बसेर खाना खानु पर्दछ ।

६. खाना खानुपूर्व राम्ररी हात धुनु पर्दछ । हात धुन सम्भवत खरानीको प्रयोग गर्नु राम्रो हो । साबुनले हात धुनु स्वास्थ्यकर हैन यसले क्यान्सर जस्तो गम्भीर बिरामी पनि हुन सक्ने खतरा बढाउने तथ्य मेडिकल रिसर्चहरुले देखाएका छन् ।

७. खाना खान प्रयोग गरिने थाल कचौरा चम्चा गिलास अम्खोरा जस्ता भाँडाकुँडा पनि राम्रोसँग सफा गरी सुकाएको हुन पर्दछ ।

८. भोजन गर्नुपूर्व घरमा भएका कुकुर, गाई, बिरालो जस्ता हामीमा आश्रित पशुपंक्षी एवं जनावरहरुलाई भोजन गराउनु पर्ने हुन्छ ।

९. भोजन पूर्व  इष्ट देवताहरुलाई आह्वान गरी भोजनलाई परमात्माको प्रसादको रुपमा ग्रहण गर्नुपर्छ ।

१०. भोजन लिइसकेपछि पहिलो गाँसलाई राम्ररी चपाएर निल्नुपर्छ । पहिलो गास चबाएर धुलोपिठो नपारेसम्म दोस्रो गास लिनु हुँदैन ।

११. भोजनलाई तार्ने, भुट्ने, धेरै चिल्लो, नूनअमिलो पिरो हाल्ने भन्दा पनि भोजनकै प्राकृतिक स्वादमा लिने गर्नु पर्दछ ।

१२.  भोजन एकाग्र भएर शान्त चित्तले गर्नुपर्दछ ।

१३. रातको शयन समयभन्दा ३ घण्टा पूर्व नै भोजन गरिसक्नु पर्दछ ।

१४. दुई भोजनहरुको बिचमा ५/६ घण्टाको अन्तराल हुन जरुरी  छ । एक पल्ट भोजन गरिसकेपछि बिचमा हल्काफुल्का लिने ।

१५. चिन्तित, शोकाकुल, थकित, डराएको र हडबडको अवस्थामा भोजन गर्नु हुँदैन ।

१६. सुतेर उठ्ने बित्तिकै पनि भोजन गरिहाल्नु हुँदैन ।

१७.  भोजन सकभर मौनमा नै भोजन गर्दा राम्रो हो । बोल्नै परे पनि भोजन ग्रहणसँग सम्बन्धित कुरामात्र बोल्ने गरौं ।

१८.  भोजन गर्दा व्यापार, घरपरिवार राजनितीवा समाजका अन्य विषयहरुको बारेमा बोल्नु हुँदैन ।

१९. बिहान ब्रेकफाष्ट लिने बानी बसालौं । ब्रेकफाष्ट स्वस्थकर र अलि धेरै भएपनि फरक पर्दैन ।

२०. बिहान दिउँसो र बेलुकाको खाना खाने निश्चित समय निर्धारण गर्नु पर्दछ ।

२१. बासी खानेकुराहरुको प्रयोग स्वास्थ्यको लागि कदापि राम्रो होइन । खाना आफैँले बनाएको र बनाएको ३ घण्टा भित्र खाइसक्नु पर्दछ ।

२२. बोटलबन्द, बट्टाबन्द, प्याकिङ गरेर बेचिएका जंङ्क फुडहरुको सेवन गर्नु हुँदैन । जंङ्क फुड मुखको स्वादमा लागि मात्र हो । यसका क्यालोरी बाहेक खासै अन्य पौष्टिक तत्वहरु हुँदैन तसर्थ जंङ्क फुडको प्रयोग नगरौं ।

२३. जूठो खानाको प्रयोग नगरौं ।

२४. घाँटीमा पीडा, पेटको गडबडी, पखाला चल्ने पेट दुख्ने गरेको बेलामा पनि खाना नखानुहोला ।

२५. पचाउन कठिन गरिष्ठ भोजनको सेवन पनि गर्नु हुँदैन ।

२६. भोजन गर्दा पानी नपिऔं  । पानी भोजनको ३० मिनेट पहिले नै पिएको र भोजन पश्चात १ घण्टासम्म नपिएको राम्रो हो ।

२७. भोजन गर्ने घण्टालाई छोडेर अन्य १–१ घण्टामा पनि पिउनु पर्दछ ।

२८.सेता चिनी, मैदा, पालिस गरेको चामल र फाइबर झिकिएका/हटाइएका प्रशोधित खानेकुरा नखाऔं ।

२९.  खानामा सकेसम्म चिल्लोको मात्रा कटौती गरौं ।

३०. अमिलो, पिरो र अत्याधिक मसलाको प्रयोग नगरौं । स्वस्थ तरिकाले प्रयोग गरिएका मसलाहरुको प्रयोगले हानी गर्दैन तर मसलालाई तार्दा, भुट्दा र पड्काउदा अत्यन्त हानिकारक र विषाक्त बन्दछ ।

३१.  चिया, कफी, बर्नभिटा, हर्लिक्स जस्ता पेय स्वास्थ्यका लागि राम्रो होइन । यी पेयहरुको प्रयोग नगरौं ।

३२. कोकाकोला, पेप्सीकोला, फेन्ट, मिरिन्टा, डिउ, स्प्राइट जस्ता कार्बोनेट्ड पेय पनि स्वास्थ्यको  लागि अत्यन्त हानिकारक छ । यसर्थ यी पेयहरुको पनि प्रयोग नगरौं ।

३३. हप्ताको एकदिन उपवास गर्ने बानी बसालौँ/उपवास बस्दा सकभर पर्याप्त पानी मात्र पिएर बस्ने गरौं । पानीमा मात्र उपवास बस्न नसके मौसम अनुसारको फलफूलको रसमा उपवास बस्ने गरौं ।

३४. खस्रो मोटा अन्नहरुलाई खानमा समावेश गरौँ । कोदो, मकै, फापर, जवार, बाजरा, कागुनी, सामा, जुनेलो, जौ जस्ता खस्रा मोटा अन्नहरुमा यथेष्ट मात्रामा फाइबर (रेशार चोकर) र पूर्ण पोषक तत्वहरु पाइन्छ ।

३५. फलफूल तथा तरकारीको प्रयोग पनि यथेष्ट मात्रा गर्ने गरौँ । खानामा हरियो सब्जी कहिले पनि नटुटाऔँ ।

३६. फलफूल तथा तरकारीलाई सदैव खानु पूर्व २० मिनेट जति नुनपानीको घोलमा डुबाएर प्रयोग गर्ने गरौँ । यसो गर्दा ९५% तरकारीका विषहरु निष्तेज हुन्छन् ।

३७.  भोजन गर्दा टेलिभिजन हेर्ने, पत्रिका पढ्ने, रेडियो सुन्ने, फोनमा कुरा गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन ।

३८.  भोजन गरिसक्ने बित्तिकै शारीरिक एवम् मानसिक श्रम गर्दै नगरौं ।

३९. भोजन पूर्व र पश्चात भावनालाई बसिभूत गरौं । भोजन पूर्व र पश्चात रिसाउने, डराउने, चिन्तित हुने लोभी र मोहित हुने गर्नु हुँदैन ।

४०. भोजन पश्चात तुरुन्त मलमूत्र त्याग गर्ने बानी राम्रो होइन ।

४१. धेरै तातो वा धेरै चिसो वस्तुहरुको सेवन पनि राम्रो होइन ।

४२. भोजन गर्दा केही पिउनै प¥यो भने मोही,  दालको झोल वा ताजा भेजसूप पिउने गरौं ।

४३.  भोजन गरेको ३ घण्टा सम्म यौन सम्पर्क गर्नु हुँदैन ।

४४.  चिसो, अमिलो एवम् फरमेण्टेसन हुनसक्ने खानेकुराहरु राति खानु हुँदैन ।

४५. राति सलादको प्रयोग पनि स्वास्थ्यप्रद हैन । सलाद सकभर बिहानै खानु, नभएनि घाम छँदै खाई सक्नु ।

४६. मुत्र त्याग गरेको १० मिनेट सम्म केही खानेकुरा खानुहुँदैन ।

४७. कडा परिश्रम गरेको समयमा, पसिना बगिरहेको अवस्थामा शरीर सिथिल नभएसम्म कुनै पनि खाद्य एवम् पेय सेवन गर्नुहुन्न ।

४८. खाना खाएपछि कहिले पनि स्नानगर्नु हुँदैन । स्नान गरेको ३० मिनेट पश्चात नै खाना खानु राम्रो हो ।

४९. धेरै तातो र धेरै चिसो खाने कुरा खाँदा हाम्रो पाचन क्रियामा हानिकारक हुने हुँदा यस्तो खाना खानु हुँदैन ।

५०. कडा परिश्रम गरेर आए पछि तुरुन्तै पानी पिउनु हुँदैन ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिकचिकित्सालय भरतपुर१ वागीश्वरी चितवानका मेडिकल डाईरेक्टर हुन्

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ५ : ५५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित