मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ « Khabarhub
Logo
१ असार २०७८, मंगलबार

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ



काठमाडौँ– मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले काठमाडौँको नरेफाँटबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय विकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

0