तारमा अल्झिएको चितुवाको उद्धार | Khabarhub Khabarhub

तारमा अल्झिएको चितुवाको उद्धार


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।

सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टीकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट चितुवाको उद्धार गरेको हो।

चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए।

उनका अनुसार पोथी चितुवाको शरीर पछाडि तार अल्झिँदा भाग्न सकेको थिएन। साँझ करिब साढे ५ देखि ६ बजेको समयमा प्रहरी र जिल्ला वन कार्यालय, ललितपुरसँगको समन्वयमा चिडियाखानाको टोलीले चितुवाको उद्धार गरेको हो।

करिब पाँच मिटरको दुरीबाट चितुवालाई डार्टले हानिएको थियो भने अल्झिएको तार फुस्काएर गाडीमा चिडियाखाना ल्याइएको थियो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : २९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम