निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी 'डेटिङमा लिप्त' | Khabarhub Khabarhub

निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी ‘डेटिङमा लिप्त’


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।

यही निषेधाज्ञाको समयमा गत आइतबार काठमाडौंको स्वयम्भु डाँडामा अचम्मको दृश्य देखियो । सरकारी गाडी लिएर एक जोडी ‘डेटिङमा लिप्त’ भेटिएका हुन् ।

आइतबार बिहान करिब ११ बजेको समयमा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत अरु कसैले ।

उनीहरु स्वयम्भुमा पुगेर ‘असाधरण’ गतिविधि देखाउन थाले । सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए ।

जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२:४५ बजे त्यहाँबाट निस्किएका थिए ।

यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताएका छन्।

तस्वीर- छायाचन्द्र भण्डारीको फेसबुकबाट

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ९ : ४५ बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल