आरके हाउस बेच्दै रणधीर | Khabarhub Khabarhub

आरके हाउस बेच्दै रणधीर


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता रणधीर कपूर केही समयदेखि चर्चामा छन् । ७४ वर्षे यी अभिनेतालाई केही दिन अघि कोरोना संक्रमण भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको छ । अहिले उनी अस्पतालमै उपचाररत छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार उनको स्वास्थ्यमा केही सुधार हुँदै आएको छ । यहीबीचमा उनले आफ्नो खानदानी आरके हाउस बेच्ने योजना बनाएका छन् ।

पैतृक घर बेचेपछि उनी आफ्नो बान्द्रास्थित घरमा सर्ने योजना बनाउदैछन् । उनको बान्द्रास्थित घर निर्माण भइसकेर तयारी अवस्थामा छन् । कोरोना मामलामा आएको तिब्रतासँगै उनले यो निर्णय लिएका हुन् ।

‘राजीव कपूरको निधन पछि आरके हाउसमा बस्ने मन छैन । मलाई एक्लोपनको महशुस भइरहेको छ । अब म आफ्नो परिवारसँग नजिक रहन चाहन्छु । बान्द्रा सरेपछि म बबीता, करीना कपूर र करिश्मा कपूरसँग नजिक हुनेछु’, रणधीरले एक अन्तरवार्तामा भनेका छन् ।

गत वर्ष रणधीरले आफ्नो भाइ राजीव र ऋषि कपुर गुमाए । भाइ राजीवको मृत्युपछि रणधीर घरको सम्पत्ति बेच्ने योजना बनाइरहेका छन् ।

यो समयमा रणधीरको दिवंगत भाइ राजीवको सम्पत्तिलाई लिएर विवाद चलिरहेको छ । राजीवको कोही सन्तान छैन । सन्तान नभएका कारण यो मामला अदालत पुगेको छ । सोमबारमात्रै बम्बई हाइकोर्टले रणधीर र रीमा जैनसँग सम्पत्तिको अन्डरटेकिङ मागेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : १० बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी