उमेरमै दाँत हल्लिने वा फुक्लिन थालेमा अपनाउनुहोस् यी घरेलु उपचार विधि | Khabarhub Khabarhub

उमेरमै दाँत हल्लिने वा फुक्लिन थालेमा अपनाउनुहोस् यी घरेलु उपचार विधि


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

— हर्रो, सौफ, मरिच, नीमको पात सबै वस्तुलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् । उक्त पिसेको धुलोलाई सात दिनसम्म गाईको पिसाबमा भिजाई चना आकारको गोली बनाउनुहोस् । उक्त गोलीलाई बेलुका सुत्ने समयमा मुखमा राख्नाले दाँत हल्लिन कम हुन्छ ।

—     कालो मरिच २० ग्राम, बदाम १० ग्राम, अफिम २ ग्राम मिलाई पिसेर दाँत तथा गिजामा लगाई २/३ घण्टापछि मुख कुल्ला गर्नाले दाँत मजबुत बन्दछ ।

—     हलेदोलाई आगोमा पोलेर धुलो बनाई मञ्जन जसरी प्रयोग गर्नाले फाइदा पुग्दछ ।

—     सुपारीलाई पिसेर मञ्जन बनाई प्रयोग गर्नाले दाँत मजबुत हुन्छ ।

—     शुद्ध मह र कागतीको रस ५०/५० ग्राम, फिटकिरी २० ग्राम, कालो मरिच ५ ग्राम जम्मा गर्नुहोस् । फिटकिरी र कालो मरिचलाई पहिला पिस्नुहोस् र कागतीको रस र मह मिलाउनुहोस् । यसरी तयार भएको औषधीलाई बिहान बेलुका दन्त मञ्जनको प्रयोग गर्नाले दाँतसम्बन्धी सम्पूर्ण रोग निको हुन्छ ।

—     दतिवन चपाउनाले दाँतसम्बन्धी रोग निको हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : १८ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा