महाकालीमा एकतर्फी तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न निर्देशन | Khabarhub Khabarhub

महाकालीमा एकतर्फी तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसँग वार्ता गर्न निर्देशन


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको विषयमा भारतसंग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेका विषयमा अविलम्व भारतसँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

अति संवेदनशील विषयमा पनि सरकारको कुनै धारणा नआएकाले यथाशीघ्र यस विषयमा समितिलाई जानकारी गराउन समेत सरकारलाई निर्देशन दिइएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

उनले तटबन्ध निर्माणका विषयमा गम्भीर भएर आवश्यक कदम चाल्न पनि सरकारलाई भनिएको जनाइन् ।

बैठकमा सांसद भीम रावलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारले तत्काल वार्ता गर्नुपर्ने बताए । उनले एकतर्फी रूपमा तटबन्ध निर्माणमा सरकारले कुनै चासो नलिनु सरकारको लापरबाही भएको तर्क गरे ।

त्यस्तै सांसद लक्ष्मी परियारले दार्चुला सदरमुकाम पारिपट्टि भारतले एकतर्फी रूपमा तटबन्ध बनाइरहँदा त्यहाको जनताको सुरक्षाको विषय प्रमुख भएको धारणा राखिन् ।

त्यस्तै अन्य सांसदहरुले महाकालीको बहाव परिवर्तन गरेर तटबन्ध निर्माण हुँदा पनि सरकारको आँखा नपुग्नु निकै दुखद अवस्था भएको बताएका थिए ।

भारतले अहिलेसम्म तटबन्धको फाउन्डेसनका लागि करिब ८० मिटर खनिसकेको र २० मिटरमा फाउन्डेसन राखेको सांसदहरुको जनाएका छन् । तटबन्धसँगै बनाइने स्परले नदीको बहाव धकेल्ने र नेपालतर्फ जोखिम बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ०६ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु