पोखेरीमा डुबेर दुईको मृत्यु | Khabarhub Khabarhub

पोखेरीमा डुबेर दुईको मृत्यु


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ टौदहस्थित बागमती नदीको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको डुबेर मृत्यु भएको हो ।

घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : २९ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०