यी हुन् साउदीमा रहेका नेपालीले गर्न नहुने काम | Khabarhub Khabarhub

यी हुन् साउदीमा रहेका नेपालीले गर्न नहुने काम

अपरिचितसँग फोनमा कुरा नगर्न दूतावास आग्रह



दोहा- साउदीस्थित नेपाली दूतावासले साउदीमा रहेका आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ ।

पछिल्लो समयमा अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा गर्ने र नेपाली श्रमिकहरु विभिन्न बहाना फस्ने गरेकाले यस्तो नगर्न दूतावासले अनुरोध गरेको हो । साथै दूतावासले आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ ।

यस्तै दूतावासले साउदी अरबमा गर्न हुने र नहुने कामबारे २१ बुँदे सूचना जारी गरेको छ ।

रोजगारीको सिलसिलामा साउदी अरबमा पेशा व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली दूतावासले समय समयमा विभिन्न कार्यक्रम, फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउँदै आएको जनाएको छ ।

साउदी अरबको साइबर अपराध विरूद्दको कानून, २००७ को कोही कसैले उल्लङ्घन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुबै जरिवाना हुने भएकाले सो कानूनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्न/नगराउन अनुरोध छ ।

यी हुन् गर्न हुने र नहुने कार्यहरू

-कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोस । -फेसबूक, इमो, व्हाटसप्प्, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड, शेयर, लाइक, कमेण्ट आदि नगर्ने ।

-आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस् । आफैंले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोस ।

-हुण्डी, हवाला वा अन्य कुनै पनि गैर-कानूनी माध्यमबाट रकमको कारोवार नगर्नु । स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोस ।

– आफू रहेको मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाई हाम्रो दायित्व हो । साउदी अरबमा रहदा आफ्नो यो दायित्व पूरा गर्नुहोस्‌ । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस्‌ ।

– मदिराजन्य पदार्थको उत्पादन, वेचविखन, ओसारपसार, सेवन तथा लागूपदार्थको सेवन वा कारोवार पूर्ण गैरकानूनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस् ।

– अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा वाधा पुच्याउने, उत्तेजना फैलाउने वा द्वेष बढाउने कार्य, बन्द, हडताल, धर्ना, जुलुस तथा राजनैतिक सभा, सम्मेलन, गो’ष्ठी गर्नु पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजाय समेत हुने भएकाले यी कुनैपनि कार्यहरू नगर्नुहोस्‌ ।

– छुट्टीमा वा रोजगार करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानूनले निषेध गरेका कुनै पनि (आफ्नो वा अन्य कुनै व्यक्तिको) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस् ।

-कुनै अन्य व्यक्तिका कानूनतः वर्जित मालसामान तपाईले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाई आफैँ हुनुहुनेछ । कानूनले प्रतिबन्ध लगाएका सामान ल्याउने लैजाने गरेका कारण धेरै नेपालीहरु सम्बन्धित निकायको कार्य’वाहीमा परेका छन्‌ । तसर्थ, त्यस्ता कार्यमा संलग्न नहुनुहोस् ।

-स्थानीय कानून, ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस्‌ र कानूनी कारवाही हुनबाट बच्नुहोस्‌ ।

-बाटो काट्दा तोकिएको स्थान वा संकेतभएको ठाउँबाट मात्र काट्ने गर्नुहोस्‌ । ट्राफिक नियमको उल्लघन गरी बाटो काट्दा दुर्घटनामा परी निधन भएकाहरुको परिवारले क्षतिपूर्ति समेत पाउँदैनन्‌ ।

-गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउनुहोस् ।

-कोठा बाहिर र कोठाभित्रको तापक्रम सन्तुलन हुने गरी एसी चलाउनुहोस् । दिनभरी घाममा काम गरेर कोठामा छिर्ने वित्तिकै एकै चोटी धेरै चिसो हुनेगरी अक चलाउने तथा धेरै चिसो पानी वा चिसो पेय पदार्थ उपयोग गर्ने नगर्नुहोस् ।

-पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस् । विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस् । कम्पनी छोडेर भागेको अवस्थामा अवैध हुन गई स्वदेश फर्कन तथा विरामी भए उपचार गर्न समस्या पर्छ । साथै, अवैधरुपमा काम गरिरहेको अवस्थामै कार्य दुर्घटनामा परी मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा बीमा वापत कुनै रकम पाउँदैन्‌ ।

-रोजगार करार अवधि सकिने मिति यकिन गर्नुहोस् । करार अवधिभन्दा बढी बस्न कानूनतः मिल्दैन । करार अवधि सकिनु अघि नैं एक्जिट भिषा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस्‌ । सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस् । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रमस्वीकृति लिने व्यवस्था गर्नुहोस् । एउटा कम्पनीसंगको करार समाप्त भई अर्को कम्पनीसंग करार गर्ने भएमा साउदी सरकारले उपलव्ध गराएका Absher App तथा QIWA पोर्टल प्रयोग गर्नुहोस्‌ ।

आफ्नो इकामा (फोटोकपि समेत) अरूलाई नदिनुहोस् । तपाइँको अकमाको पूर्ण जिम्मेवारी तपाइँमा हुन्छ । तपाइँको अकमा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाइँमा आउदछ र तपाइँ सजायको भागी हुनुहुन्छ । माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस । त्यसरी दिएर गलत कल गरेमा कानून अनुसार तपाईं पनि कारवाहीमा पर्नुहुनेछ ।

कम्पनीमा आफुले गर्नुपर्ने दैनिक कामको तालिका वोर्क्षीत प्राप्त गर्नुहोस् । यसबाट तपाईको अधिकार स्थापित गर्न सहज हुनेछ । आफूसंगै काम गर्ने अरू देशका कामदारसंग सभ्य व्यवहार गर्नुहोस्, झगडा नगर्नुहोस् । आफ्नो म्यानेजर वा सुपरभाइजरसंग सम्मानजनक व्यवहार गर्नुहोस् ।

-स्वयं एवं विदेशी कामदारको लहलहैमा लागेर धेरै नेपालीहरुले समान चोरी गरेका आरोपका मु’द्दाहरु वर्षौं देखि विभिन्न अदालतहरुमा रहेका छन्‌ । तसर्थ, चो’री जस्तो जघन्य अपराध नगर्नुहोस्‌ ।

-विरामी भएमा समयमा नैं अस्पताल जानुहोस्‌ र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस् । काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस र सुरक्षाका सामग्री प्रयोग गर्नुहोस् ।

विशेष ध्यान दिनुपर्ने कुराहरू:

-विभिन्न कानूनी झण्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमैं जानकारी गराउनुहोस् । सम्बन्धित प्रहरी वा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझ्नुहोस् । अदालतमा भाषा अनुवादक हुन्छन्‌ ।

-उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नुहोस् । मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफु सदैव सचेत रहनुहोस् । गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनुहोस्‌।

-सवारी चालक कामदारले कम्तीमा सवारी साधनको तेस्रो पक्ष बीमाको कागजात, सवारी चालक अनुमती पत्र तथा नभई नहुने अन्य कागजात छैनन्‌ भने सवारी साधन नचलाउनुहोस् ।

-सवारी साधन चलाउन वाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरण सहित राजदूतावासमा सूचना दिनुहोस्‌ र दूतावासको सुझाव अनुसार गर्नुहोस्‌ । आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा नचढाउनुहोस् । कुनै गैरकानूनी काम गरी भागेको मानिसले समेत तपाइको सवारीमा लिफ्ट मागेको हुनसक्दछ । तसर्थ, चनाखो हुनुहोस्‌ ।

-मुद्दा मामिला भई नेपाल फर्केका कामदारले पुनः साउदी अरब आउनु परेमा पुरानो ईकामामा कुनै मुद्दा बांकी भएनभएको यकिन गरेर मात्र आउनुहोस्‌ । अन्यथा तपाइ विमानस्थलमै पक्राउ पर्न सक्नुहुनेछ ।

-कुनै पनि कागजातहरुमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रष्ट हुनुहोला । कतिपय कम्पनीहरुले कामदारहरुले पैसा सापट लिएको, रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरु लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको दूतावसले जनाएको छ ।

-कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहिछाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको आधारमा कागजातहरुमा सही नगर्नुहोस् । कुनै पनि कागजातमा भएको सहीलाई अदालतले ब’लीयो प्रमाणका रुपमा लिने गरेका छन्‌ । पछि, मलाई थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनुहोस्‌ ।

यहाँको सरकारले प्रदान गर्ने विभिन्न सेवा तथा कामदारको हित एवम्‌ सुविधाको लागि ल्याएका कार्यक्रमहरूबाट लाभ लिनको लागि  Absher App को प्रयोग गर्नैपर्ने हुँदा उक्त मोवाइल एप्लिकेशन चलाउने तरिका सिक्न पनि दूतावासले अनुरोध गरेको छ‌ । साउदीमा विभिन्न क्षेत्रमा गरि करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ४८ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित