‘डार्लिंग्स’मा आलियाको लगानी | Khabarhub Khabarhub

‘डार्लिंग्स’मा आलियाको लगानी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा अभिनेत्रीको पहिचान बनाइसकेकी आलिया भट्ट अब दर्शकमाझ निर्माताका रुपमा आउने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत होम प्रोडक्सनको पहिलो फिल्मको घोषणा गरेकी छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार आलियाले पहिलो फिल्मको निर्माण शाहरुख खानसँग मिलेर गर्दैछिन् । यसको टिजर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनको फिल्म डार्क कमेडी फ्लेभरको हुनेछ । आलियाले यसअघि शाहरुखका साथ फिल्म ‘डियर जिन्दगी’मा काम गरिसकेकी छन् ।

‘यो विशेष कुरा हो । एटरनल सनशाइन प्रोडक्सनका माध्यमबाट मेरो पहिलो निर्माण ‘डार्लिंग्स’ हुनेछ । यसमा मेरो प्रिय शाहरुखसँग सहकार्य हुनेछ ।’ उनले लेखेकी छन् ।

आलियाले फिल्ममा शेफाली शाह, विजय वर्मा र रोश मेथ्यूसँगै आलियाको पनि अभिनय रहनेछ । फिल्मको निर्देशन जसमीत के रीनले गर्नेछन् । टिजरको सुरुवातमै ‘महिलाको अपमान तपाईंको स्वास्थ्यका लागि धेरै हानिकारक हुनसक्छ’ लेखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ०० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत