प्रहरी दमनमा १८ जना मारिएपछि झन् चर्कियो म्यान्मारमा प्रदर्शन | Khabarhub Khabarhub

प्रहरी दमनमा १८ जना मारिएपछि झन् चर्कियो म्यान्मारमा प्रदर्शन

अहिलेसम्मकै 'घातक घटना' : राष्ट्रसंघ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन झन् चर्किएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि आइतबार गोली चलाउँदा १८ जनाको मृत्यु तथा कयौँ घाइते भएको विवरणहरू बाहिरिएसँगै प्रदर्शनकारी झन् आक्रोशित भएका छन् ।

तस्वीर : रोयटर्स

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा जारी प्रदर्शनमा ब्यापक दमन भएपछि आन्दोलन झन चर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आङ सान सू ची लगायतका नेताहरूलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि त्यसको विश्वव्यापीरूपमा निन्दा हुँदै आएको छ । अन्तर्राष्ट्रिय शक्ति र जनदबाब बढे पनि म्यान्मारको सेनाले अझै सत्ता हस्तान्तरण गरेको छैन ।

तस्वीर : ईपीए

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले आन्दोलनकारीलाई लखेटेका दृश्यहरू देखिएका छन् । सुरक्षाकर्मीले गरेको दमनपछि कतिपय मानिसहरू रग्ताम्य देखिएका छन् ।

हेर्नोस् फ्रान्स २४ ले राखेको यो भिडियो 

अहिलेसम्मकै ‘घातक घटना’

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गर्दै अहिलेसम्मकै ‘घातक घटना’ भएको टिप्पणी गरेको छ।

आइतवार प्रहरीको गोली लागि कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेकोसमेत कार्यालयले जनाएको छ।

‘म्यान्मारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ,’ प्रवक्ता रविना शमदासनीले भनिन्, ‘प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन।’

म्यान्मारमा प्रदर्शन सुरू भएको एक महिनामा कैयौँ मानिस पक्राउ परेका छन् । तर त्यसका विवरणहरू सार्वजनिक भएका छैनन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ३९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा