पाखापानीका बासिन्दा सधैँ पाखा परेपछि... | Khabarhub Khabarhub

पाखापानीका बासिन्दा सधैँ पाखा परेपछि…



पोखरा— गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको रघुगङ्गा नदी पारीका गाउँलाई समेटेर छुट्टै गाउँपालिका बनाउन माग हुँदै आएको छ ।

तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगले रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने पाखापानीलाई अस्थायी मुकाम तोकेको थियो । सोहीअनुसार स्थानीय तहको निर्वाचन भएको थियो ।

पालिकाका २ वटा वडालाई मात्रै पायक पर्ने गरी पाखापानीलाई केन्द्र तोकिएको भन्दै रघुगङ्गा नदीवारीका बासिन्दाले आन्दोलन चर्काएका थिए । आन्दोलनपछि २०७४ भदौमा बसेको पहिलो गाउँसभा बैठकले मतदान गरी ३ नम्बर वडाको मौवाफाँटलाई केन्द्र तोक्यो । गाउँसभाका ४३ सदस्यमध्ये २६ जनाले मौवाफाँटको पक्षमा हस्ताक्षर गरेका थिए ।

बहुमत सदस्यको बलमा मौवाफाँट केन्द्र तोकिएपछि पाखापानीका बासिन्दाले आफूहरू पाखा परेको महसुस गरे । उनीहरूले रघुगङ्गा गाउँपालिकाबाटै अलग बस्ने गरी छुट्टै गाउँपालिका माग गर्दै आएका छन् ।

पाखापानीका बासिन्दालाई भौगोलिक हिसाबले पनि अपायक परेको महसुस गरी दुई महिनाअघि बसेको रघुगङ्गा गाउँपालिको बैठकले पाखापानीसहित रघुगङ्गा नदीपारिका नागरिकका लागि छुट्टै पालिका बनाउन सिफारिस गर्‍यो ।

रघुगङ्गा भूगोल नमिलेको गाउँपालिका भएकाले अर्को नयाँ पालिका मागिएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

भण्डारीका अनुसार गाउँ कार्यपालिकाले गाउँसभाबाट पास गरी संघीय मामिला मन्त्रालयमा पोखरा र काठमाडौँमा निर्णयको जानकारी गराएको थियो । गाउँसभाको प्रस्तावअनुसार जिल्लासभाले पनि गाउँपालिका र वडा थप्ने निर्णय गरेको छ ।

भण्डारीकाअनुसार पछिल्लो गाउँसभामा साविकको मौवाफाँट पञ्चायतको रेखाङ्कनको एरियाबाट छुट्टै वडा माग गर्दै उनीहरूले पत्र लेखेका थिए ।

म्याग्दीका सबै पालिका अपायक

अहिलेको २ वटा वडा र साविकका ३ वटा वडा समेटेर छुट्टै पालिकाको माग भइरहँदा धवलागिरि गाउँपालिका वडा नम्बर ५ मल्कावाङका बासिन्दाले पनि आफूलाई पाखापानीमै समेट्नुपर्ने माग गर्दै आएका छन् । धवलागिरि गाउँपालिकाले भने माग अनुसारको निर्णय गरेको छैन ।

गाउँसभाबाट पहिलेदेखि नै छुट्टै पालिका बनाउन माग हुँदै आएको भए पनि जिल्लासभाको शनिबार बसेको बैठकले रघुगङ्गा नदीपारिको भूगोल समेटेर नयाँ गाउँपालिका बनाउने निर्णय गरेको छ ।

सम्बन्धित स्थानीय तहले गरेका वडा र पालिका विभाजनको प्रस्ताव पारित गरी कार्यान्वयनका लागि संघीय सरकारका निकायमा सिफारिस गर्ने निर्णय जिल्ला सभाले गरेको छ ।

यसअघि धवलागिरि गाउँपालिकाको सभाले वडा नम्बर ४ को मुदी र वडा नम्बर ७ ताकमलाई दुई—दुई वटा वडामा विभाजन गर्ने प्रस्ताव अघि सारेको थियो ।

घण्टौ हिँडेर गाउँपालिका केन्द्र पुग्नुपर्दा सेवाग्रहीलाई समस्या भएको म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन बमबहादुर गर्बुजा पुनले बताए ।

मौवाफाँट आफूहरूका लागि निकै अपायक परेको भन्दै रघुगङ्गा गाउँपालिका–१, बेगखोलाका बासिन्दा धवलागिरि गाउँपालिकामा आउन चाहेको पुनले बताए ।

अन्नपूर्णको १, २, ३ र ४ नम्बर वडा एकातिर र ५, ६, ७ र ८ नम्बर वडा अर्कातिर हुँदा निकै समस्या भएको पुनले बताए । यही फागुन २३ गते बस्न लागेको अन्नपूर्ण गाउँपालिकाको सभामा वडा टुक्र्याउने प्रस्ताव राख्न खोजेको उनले बताए ।

म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर १० पनि नगरपालिकाको हिसाबले दुर्गममा रहेको छ । रघुगङ्गा गाउँपालिकाको पूर्वमा रहेको बेनी नगरपालिकाको १० नम्बर वडा रहेको पात्लेखेतलाई पनि नयाँ पालिकामा समेट्न सकिने स्थानीयवासीको भनाइ छ ।

बेनी आक्रमणको चिनो बिजुलीको पोल

तत्कालीन जनयुद्धका क्रममा म्याग्दीको बेनीमा भएको आक्रमणका भग्नावशेष संरक्षण गर्ने निर्णय म्याग्दीको पाँचो जिल्ला सभाले गरेको छ ।

बेनी आक्रमणको चिनो मानिएको गोली लागेर छियाछिया भएको विद्युत् पोल संरक्षण गरी पर्यटन प्रवद्र्धन गरिने भएको छ । हाल उक्त बिजुलीको पोल काठमाडौँको मदन पुरस्कार गुठीमा रहेको छ । उक्त पोल जिल्लामा ल्याएर संरक्षण गरी पर्यटन प्रवर्द्धनमा प्रयोग गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ९ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम