म्यानमारको सैन्य 'कु' को कांग्रेसले गर्‍यो निन्दा | Khabarhub Khabarhub

म्यानमारको सैन्य ‘कु’ को कांग्रेसले गर्‍यो निन्दा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमार भएको सैन्य ‘कु’ को नेपाली कांग्रेसले निन्दा गरेको छ ।

म्यानमारकी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्याउनु निन्दनीय भएको जनाउँदै कांग्रेसले यसकाविरूद्ध विश्वव्यापी ऐक्यबद्धता जरूरी रहेकोसमेत जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् ।

प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाइ  ।

सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनले जनाएका छन् ।

 

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : ३० बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु