टर्‍यो रणवीर र आलियाको विवाह | Khabarhub Khabarhub

टर्‍यो रणवीर र आलियाको विवाह


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२१ शुरू हुनासाथ अभिनेता वरुण धवन आफ्नो स्कूलदेखिकै प्रेमिका नताशा दलालसँग विवाह बन्धनमा बाँधिए ।

उनीहरुको विवाहपछि मलाइका अरोडा र अर्जुन कपूर, कटरीना कैफ र विक्की कौशल, दिशा पाटनी र टाइगर श्राफ तथा आलिया भट्ट र रणवीर कपूरको विवाह हुने चर्चा थियो ।

यी सबै जोडीमध्ये आलिया र रणवीरको विवाह चाँडै हुने अनुमान गरिएको थियो । मिडियाका चासो पनि उनीहरुको विवाह कहिले हुन्छ भन्नेमै थियो ।

तर, ताजा रिपोर्ट अनुसार उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा छैनन् । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बण्डिङ छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् ।

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरुले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ०५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई