‘आश्रम’बाट पुनः चम्किएका बोबी | Khabarhub Khabarhub

‘आश्रम’बाट पुनः चम्किएका बोबी


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता बोबी देओल आज आफ्नो जन्मदिन मनाउदैछन् । सन् १९७७ मा फिल्म ‘धरम वीर’बाट बाल कलाकारका रुपमा पाइला चालेका बोबी आजका दिनमा बलिउडमै सक्रिय छन् ।

भलै यो सक्रियतामा उनी कहिले सफल भए त कहिले असफल । सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ले बोबीको करियरलाई पुनः ब्यूताइदियो । यो सिरिजमा उनी प्रमुख भूमिकामा थिए ।

एमएक्स प्लेयरमा रिलिज भएको यो सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पायो । यो दोस्रो संस्करण पनि चर्चामा रह्यो ।

उनले सन् १९९५ मा फिल्म ‘वर्षात’मा अभिनेत्री ट्विंकल खन्नाको अपोजिटमा ‘हिरो’का रुपमा डेब्यू गरे । यो फिल्मबाट उनले अवार्ड नै जिते । यसपछि उनी सस्पेन्स थ्रिलर फिल्म ‘गुप्त’मा देखिए । यो फिल्म व्यावसायिक रुपमा सफल भयो ।

यसपछि उनले ‘और प्यार हो गया’, ‘करीब’, ‘सोल्जर’, ‘दिललगी’, ‘अपने’, ‘यमला पगला दीवाना’, ‘बादल’, ‘अजनबी’, ‘हमराज’, ‘किस्मत’, ‘बर्दाश्त’, ‘अब तुम्हारे हवाले वतन साथियो’, ‘हमको तुमसे प्यार है’ र ‘दोस्ताना’लगायतका कैयौं फिल्ममा अभिनय गरे । यीमध्ये केही फिल्म सफल भए त केही असफल । तर प्रमुख अभिनेताका रुपमा उनले दाजु सनी देओल र पिता धर्मेन्द्रको जस्तो सफलता पाउन सकेनन् ।
सन २०१३ मा फिल्म ‘यमला पगला दीवाना २’मा देखिएपछि उनी गुमनाम झैं बने ।

उनी सन् २०१९ को हिट फिल्म ‘हाउसफूल ४’मा देखिए । जहाँ उनले धर्मपुत्रको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ४६ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको