चोरी भएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण | Khabarhub Khabarhub

चोरी भएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर ल्याई आज एक कार्यक्रमको आयोजना गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जथाभावी रुपमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको बताए ।

उपत्यकाबाट हराएका मोटरसाइकल बाहिरी जिल्लामा धेरै प्रयोग हुने गरेको उनको भनाइ छ । उनले पार्किङ क्षेत्रमा मोटरसाइकल राख्दा होसियारी अपनाउन चालकलाई आग्रह गरे ।  उपत्यकामा मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन सेवा १०३ मा टिपाउन महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

महाशाखाले पुस महिनामा मात्रै ३९ मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा सङ्लग्न नौ व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : १४ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको