बेलायत औपचारिक रुपमा आजदेखि युरापेली संघबाट बाहिरियो | Khabarhub Khabarhub

बेलायत औपचारिक रुपमा आजदेखि युरापेली संघबाट बाहिरियो


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ।

सन्‌ १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो।

युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो। ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो।

त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्‌।

यो प्रकृया आज औपचारिक रूपमै सम्पन्‍न भएको बीबीसीमा उल्लेख छ। प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको र फरक तथा राम्रो तरिकाले काम गर्ने बताएका छन् ।

इयुबाट बाहिरिए पनि बेलायत मित्र र सहयोगी रहिरहने फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन्‌।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १२ : ३७ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार