पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो | Khabarhub Khabarhub

पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लावाद– पाकिस्तानमा एक हिन्दु धर्मका सन्त श्री परमहंस महाराजको समाधी स्थल जलाइएको छ।

पाकिस्तानको खैबर पख्तुनख्वहाको करक जिल्लास्थित पवित्र समाधी स्थल स्थानीय भिडले जलाएको बीबीसीले जनाएको छ।

समाधी स्थल नजिकै एक हिन्दुले घर बनाउन थालेपछि भड्किएका स्थानीय मुस्लिमहरुले सो समाधी जलाइदिएको बताइएको छ।

स्थानीय मुस्लिहरुले सो घर बनाएको विषयमा स्थानीय प्रशासनमा उजुरी पनि गरेको जनाइएको छ। सो गाउँमा हिन्दुको वस्ती नरहेको बताइन्छ। ती व्यक्तिले घर बनाउ लागेको जमिन सोही समाधीको रहेको स्थानीयको विश्वास थियो।

तर, त्यहाँ घर बन्न थालेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयले विरोध प्रदर्शनको कार्यक्रम पनि रहेको स्थानीय प्रशासनलाई जानकारी दिएका थिए। तर, प्रशासनले लापरबाही गर्दा सो घटना भएको जनाइएको छ।

विरोध प्रदर्शंनमा एक मौलानाले उत्तेजक भाषण गरेपछि अनियन्त्रित भीडले सो समाधी जलाएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : ०७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड