जब गौहर खानले विवाहको दुई दिनपछि सयोंगवश पूर्वप्रेमी भेटिन् | Khabarhub Khabarhub

जब गौहर खानले विवाहको दुई दिनपछि सयोंगवश पूर्वप्रेमी भेटिन्


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री गौहर खानले डिसेम्बरमा २५ चर्चित संगीतकार इस्माइल दरबारका छोरा जैद दरबारसँग विवाह गरिन् । कामको चापका कारण उनी विवाहको पर्सिपल्टै लखनउको सुटिंगकालागी निस्किइन् । तर संयोगवश फ्लाइटमा उनको भेट पूर्वप्रेमी अभिनेता कुशाल टण्डनसँग भयो ।

कुशाल टण्डनले सामाजिक सञ्जालमा पूर्वप्रेमिका गौहरसँगको भेटको तीन भिडियो सेयर गरेका छन् । जहाँ दुई दिनअघि विवाह भएकी गौहर आफ्नो पूर्वप्रेमी कुशालसँग सँगै बसेको देखिन्छ । कुशालले भिडियो सेयर गर्दै लेखेका छन्, ‘एक सुन्दर संयोग विवाहको शुभकामना गौहर खान ।’

भिडियोमा कुशालले आफू जन्मथलो जादैं गर्दा विमानमा गौहरसँग भेट भएको बताएका छन् । उनले भिडियोमा संयोगले प्रिय साथी गौहरसँग भेट भएको बताउँछन् । उनको कुरा सुनेर गौहर मन्द मुस्कानमा हास्छिन् ।

गौहर खान र कुशाल टण्डनले एकसाथ बिग बोस ८ मा भाग लिएका थिए । जहाँ गौहर शोको विजेता बनेकी थिइन् । उनीहरुबीच बिगबोसको घरबाटै प्रेम सुरुवात भएको थियो ।

पछि बिग बोसको घरबाट निस्कदासमेत उनी रिलेसनमा थिए तर अचानक उनीहरुको ब्रेकअप भयो । त्यसपछि गौहरले हालैमा जैद दरबारसँग विवाह गरिन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ५७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड