जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै | Khabarhub Khabarhub

जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर शय्या जडान गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर शय्या उपलब्ध गराएको हो ।

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ ।

प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ०१ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि