काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण भएको छ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए ।

दुई दिनअघि स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

‘म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पीसीआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने।

उनले आफूमा कोरोनाको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम