जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै रोकिए १७ जना नेपाली | Khabarhub Khabarhub

जरिवाना तिर्न नसक्दा दुबई विमानस्थलमै रोकिए १७ जना नेपाली



दोहा – जरिवाना तिर्न नसक्दा यूएईबाट स्वदेश फर्किन लागेका नेपालीहरू विमानस्थलमै रोकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा १७ जना नेपाली दुबई विमानस्थलमा अलपत्र परेका हुन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडान २२९२ को उडानमार्फत स्वदेश फर्किनको लागि टिकट लिएकामध्ये १७ जना नेलालीले भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन नपाएको बताइएको छ ।

स्वदेश फर्किन लागेका अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको युएईस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ । सो उडानमार्फत २ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् ।

युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भने पनि मार्चपछि भिसाको अवधि सकिएका सयौं नेपाली जरिवाना तिर्न पर्दा समस्यामा परेका छन् । नेपाल सरकारले समयै भिसा सकिएकाहरुलाई उद्दार नगर्दा उनीहरु जरिवाना तिर्न बाध्य छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम