प्रहरी मुख्यालयका थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७२ पुग्यो | Khabarhub Khabarhub

प्रहरी मुख्यालयका थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७२ पुग्यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएका छन् ।

आज शुक्रवार थप १८ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रहरी हेडक्वाटरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको हो ।

प्रहरीका अनुसार संक्रमित हुने धेरैजसो सवारी चालक, सञ्चार शाखामा काम गर्ने प्रहरी र मेकानिक रहेका छन् । संक्रमित सबैलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

शुरुमा संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो ।

योसँगै नेपालभर हालसम्म २ सय ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ५८ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको