रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै जनता समाजवादीद्वारा प्रदर्शन (भिडियो सहित) | Khabarhub Khabarhub

रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै जनता समाजवादीद्वारा प्रदर्शन (भिडियो सहित)


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो पार्टीले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै केहिबेर धर्ना समेत दिएका थिए । त्यस्तै जघन्य अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्न नहुने भन्दै उनीहरुले नाराबाजीसमेत गरे ।

प्रदर्शनमा सहभागी जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले दलितलाई राज्यको सवै निकायमा समाज अधिकार भइसकेको र सांस्कृतिक रुपमा हुने भेदभाव अन्त्य भइसकेको अवस्थामा रुकुम घटना निकै दुखद भएको बताए । उनले घटनाका दोषीलाई कडा कारबाहीको माग राखे । 

गत जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका-४ का सन्दीप बिकको मृत्यु भएको थियोे । घटनाको अनुसन्धान गर्न सरकारले पनि छानविन समिति बनाएको छ ।

 जनता समाजवादी पार्टीले गरेको प्रदर्शन, भिडियो हेरौं

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४६ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार