यस्तो छ फूटबल प्रशिक्षक बालगोपालको लकडाउन दिनचर्या | Khabarhub Khabarhub

यस्तो छ फूटबल प्रशिक्षक बालगोपालको लकडाउन दिनचर्या


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वप्रशिक्षक तथा यु–२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनको दिनचर्या अहिले फेरिएको छ । सधैं बिहान उठ्नेबित्तिकै ‘वाकिङ–जगिङ’ मा निस्किने उनी आजभोलि बिहानको अभ्यास घरको छतमा गर्छन् ।

कोरोना भाइरस (कोभिड—१९) ले विश्वभर महामारी फैलाइरहँदा त्यसबाट नेपाल पनि प्रभावित बनेको छ । कोरोनाकै कारण नेपाल पछिल्लो दुई सतायता प्रभावित बनेको । भने लकडाउनको साता दिन पूरा भएको छ । अरू ८ दिन थपिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण मानवीय क्षति भएको छैन । पाँच जनामा संक्रमण देखिएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ । हुलमुलमा हिँड्दा, जमघटमा सामेल हुँदा, धेरै नजिकमा बसेर आपसमा कुरा गर्दा एकबाट अर्कोमा सर्ने सम्भावना धेरै हुन्छ । यही सम्भावना नियन्त्रण गर्न सरकारले लकडाउन गरेको हो ।

फूटबल प्रशिक्षक महर्जनको दिनचर्या घरमा सीमित गर्ने यही कोरोना भाइरसको त्रास हो । सरकारले बाहिर नहिँड्नू भनेको दिनदेखि उनी घरमै अभ्यास गर्न थालेका छन् ।

आफू जस्तै अरूले पनि सरकारको निर्देशनको पालना गर्नु पर्ने उनको सुझाव छ । नेपालका लागि दुई स्वर्ण विजेता प्रशिक्षक महर्जन आफ्नो शुभचिन्तकलाई समेत घरमै बसेर सरकारको निर्देशन सफल पार्न सुझाव दिएका छन् ।

प्रशिक्षक महर्जनको दिनचर्या फेरिएको भएको छ । उनी सधैँ बाहिर हिँडिरहन्थे । सातायता पूरै दिन घरमै हुन्छन् । यसले गर्दा परिवारलाई समय दिन पाएकोको र स्वनियन्त्रणमा बसेको उनको भनाइ छ ।

बिहान जगिङमा निस्किन बन्द भएको छ । त्यसैले उनी अहिले घरको छतमा व्यायाम गर्छन् । बिहानको आधा घण्टा व्यायाममा खर्च गर्छन् । उनी भन्छन्, ‘हामी बाहिर हिँडिरहने मान्छेका लागि घरमा बस्न निकै कठिन हुँदो रहेछ । यतिबेला परिस्थित नै यस्तै छ, घरमा नबसे सुरक्षित नै छैन । यसैमा खुसी मानेर परिवारसँग बसिरहेको छु ।’

महर्जन दिउँसो टिभी हेर्छन्, समाचार सुन्छन् । उनी धेरै समय घरमा परिवारसँग बिताउँछन् ।

‘आजभोलिका दिन बोरिङ नहोस् भनेर बिहान एक्ससाइज गर्छु । त्यसपछि चिया पिउने, केही समय आराम गरेपछि खाना खाने समय हुन्छ,’ प्रशिक्षक महर्जन भन्छन्, ‘दिउँसो केही समय समाचार पढ्छु । अनि टेलिभिजन पनि हेर्छु । साथीभाइ र आफन्तले फोन गर्छन् । म पनि कति जनालाई फोन गरिरहेको हुन्छु ।’

महर्जन सन् १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाका कान्छा खेलाडी मध्येका थिए । गत मंसिरमा काठमाडौंमा भएको १३औं सागमा नेपालले फुटबलमा स्वर्ण जित्दा मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

उनले खेलाडी र प्रशिक्षक गरी दुईपटक स्वर्ण पदक जिते । फुटबल सम्बन्धी पुस्तकहरू पढ्छन् । घरमा बस्दा भान्सामा कम बानी पनि छैन उनको ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ०० बजे

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक

वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला