नेकपाका नेताहरुको आदेश नमानेपछि डीएसपी चिमौरियाको सरुवा | Khabarhub Khabarhub

नेकपाका नेताहरुको आदेश नमानेपछि डीएसपी चिमौरियाको सरुवा


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका नेताहरुको दबावमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी नारायण चिमौरियाको सरुवा भएको छ ।

डीएसपी चिमौरिया गत साउनमा सरुवा भएर सोलुखोम्बु गएका थिए । गृहमन्त्रालयले उनको ठाउंमा टेकुनन्द इवा लिम्बुलाई पठाएको छ ।

जिल्लाका संघीय सांसद हेमकुमार राई, प्रदेश सासंदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीको दबावमा चिमौरियाको सरुवा भएको स्रोतको दाबी छ ।

गत माघ ४ मा सोलुखुम्बुको पातलेमा राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्न जाने क्रममा तिंगला ११ का स्थानीय वासिन्दासंग झड्प भएको थियो । प्रशारण लाइनको शवस्टेशन तिंगलामा रहेको छ । आफ्नो गाउंलाई अधेरोमा राखेर प्रशारण लाइन वन्न नदिने अडान लिएपछि झड्प भएको थियो ।

प्रहरीले कार्यक्रम नगर्न सुझाव दिए पनि जिल्लाका माननीयहरुले प्रशारण लाइन जसरी पनि उद्घाटन गर्ने अडान लिएपछि झड्प भएको थियो । झड्पमा परी डिएसपी चिमौरिया लगपायत घाइते भएका थिए ।

झडप हुँदा ११ मोटरसाइकल र गाडीमा समेत आगजनी गरिएको थियो । तिंगलाबासीले यसअघि भएको स्थानीय र संघीय निर्वाचन समेत बहिस्कार गरेका थिए ।

उनलाई सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाइए पनि सत्तारुढ दलका नेताहरुको आदेश नमानेको आरोपमा सरुवा भएको गृह स्रोतको दाबी छ ।

‘जिल्लाका नेताहरुको उहां (डिएसपी) को सम्बन्ध राम्रो थिएन् । अहिले तिंगला घटनालाई कारण बनाएर सरुवा गरिएको हो ।’ स्रोतले भन्यो ।

सोलुखुम्बु प्रहरी प्रमुख रहेका डीएसपी चिमौरियालाई प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा तानिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ५६ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै