'दाहाल-नेपाल' समूहले पदका पछि लागेर संविधान धरापमा पारे : मन्त्री भट्ट | Khabarhub Khabarhub

‘दाहाल-नेपाल’ समूहले पदका पछि लागेर संविधान धरापमा पारे : मन्त्री भट्ट


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पदका पछि लागेकै कारण अहिलेको अवस्था सिर्जाना भएको बताएका छन् ।

प्रधानमन्त्री ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी र संघीयताको रक्षा गर्नका लागि ओलीको पक्षमा लागेको बताए। ‘पार्टी र संघीयताको रक्षाको लागि आफू ओली पक्षमा लागेको छु। प्रचण्ड र माधव नेपालले पार्टी फुटको घोषणा गर्नुभयो’ उनले भने।

प्रचण्ड र नेपालले पदको लागि नै पार्टी फुटाएको आरोप लगाए।

‘उहाँहरू पदको लागि माइतीघरको सडकमा सम्म पुग्नुभएको छ। उहाँले कोरोनाका कालमा जनताको भन्दा पदको लागि मात्रै सोच्नुभयो’ उनले भने।

उनीहरु आन्दोलनमा उत्रिएर संघीयता र संविधान मास्न खोजेको नेता भट्टले आरोप लगाए।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ४५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना