डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस, भावी 'आईजीपी'का एकल दाबेदार | Khabarhub Khabarhub

डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस, भावी ‘आईजीपी’का एकल दाबेदार


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।

हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुनेछन्।

२०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल प्रहरीको सर्वोच्च पदमा पुग्ने बाटो भने हालै मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) पास गरेसँगै खुलेको हो।

हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।

प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डीआइजीलाई बढुवा गर्नुपर्ने भएको हो।

यस्तो छ बढुवा सिफारिस सूची

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ४८ बजे

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष