न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त | Khabarhub Khabarhub

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम उनलाई नियुक्त गरिएको हो।

नेपाल बार एसोसिएसन, कार्यसमितिको बैठकले गत कात्तिक २२ गते श्रेष्ठको नाम सिफारिस गरेको थियो भने गत मंसिर १२ गते बसेको संसदीय सुनुवाइ समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका थिए ।

नयाँ संविधान बनेपछि उनी आफ्नो कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए। न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाही गर्ने निकाय न्याय परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ।

सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ०१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड