२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको जानकारी दिएको  छ।

जसमध्ये गत २४ घण्टामा १ हजार ४७४ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरीमा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ।

काभ्रेमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १ सय २५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासी पूर्वमा १२, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, वागलुङमा १ र स्याङजामा १२ जना कोरोना स‌क्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नलवपरासीमा ५, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जना कोरोना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ०२ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास