हेलिकप्टरबाट सुत्केरीको उद्धार | Khabarhub Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गए राति शिशु जन्माएकी भोजपुर नगरपालिका– ४ सिद्धेश्वरकी ३२ वर्षीया पवित्रा श्रेष्ठको आज अपराह्न उद्धार गरिएको हो ।

श्रेष्ठलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

उद्धार गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ०२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना