साबधानी नपाउँदा अमेरिका संक्रमण झन बढ्ने डा.फाउचीको चेतावनी | Khabarhub Khabarhub

साबधानी नपाउँदा अमेरिका संक्रमण झन बढ्ने डा.फाउचीको चेतावनी


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले साबधानी नपाएकै कारण अमेरिकामा आउँदा दिनमा संक्रमण उच्च दरमा थप वृद्धि हुने चेतावनी दिएका छन् ।

‘थ्याङ्ग्स गिभिङ्ग’को बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव आउँदा हप्ताहरुमा देखिन थाल्ने उनको भनाइ छ ।

यद्यपि अझै पनि सम्भावित संक्रमणलाई धेरै हदसम्म रोक्न वा कम गर्न सकिने सम्भावना भने रहेको उनले बताए ।

‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ,’ डा. फाउचीले भने, ‘तर विडम्बना सबैले यस्तो गरेका छैनन ।’

महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा एक करोड ३७ लाखभन्दा धेरैमा संक्रमण भएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ५० बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको