सञ्चारकर्मीहरू यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो: प्रम ओली | Khabarhub Khabarhub

सञ्चारकर्मीहरू यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो: प्रम ओली


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्‍चारमाध्यमका सम्पादकहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हालै गठन गरिएको मिडिया एलायन्सका पदाधिकारीहरूसँग बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमका सम्पादकसँग गुनासो रहेको बताएका हुन् ।

प्रम ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति रहेको आरोप लगाए ।

‘सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चारमाध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘यो सञ्चार जगत यस्तो हो, अरु जसलाई जे भने पनि छुट पाइन्छ, सञ्चारमाध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन, एकदम ‘सेन्सेटिभ’ नि ।’

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्‍न भन्‍ने प्रवृत्ति सम्पादकहरूमा नदेखिएको बताए ।

उनले सञ्चारमाध्यमलाई ‘चुस्स छोयो भने बुरुक्क उफ्रिने’ गरेको आरोप लगाए । व्यङ्ग्यात्मक शैलीमा उनले भने, ‘यसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो ।’

उनले केही समयअघि आफूले सञ्चारकर्मीसँग कुरा गरेको प्रसङ्ग जोड्दै भने, ‘अलि अगाडि मसँग सञ्चारकर्मी र सम्पादकहरू भेट्नुभयो, तर उहाँहरुले हामीलाई किन यसो भन्‍नुभयो भनेर सोध्नुभयो । मैले भनेँ, तपाईंहरुले दिनरात गाली गर्दा हुन्छ ।’

ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्‍ने प्रवृत्ति हाबी भएको बताए । उनले बाकसमा रहने भ्यागुतोको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्‍ने प्रवृति रहेको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ५० बजे

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक