रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवेदन « Khabarhub

रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवेदन


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- रेल्वे कम्पनीको जागिरका लागि मागिएको आवेदनमा २४८ गुणा बढीले आवदेन हालेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका हुन् ।

रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो। आवेदन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेका हुन्।

कम्पनीका महाप्रवन्धन गुरुप्रसाद भट्टराईका अनुसार करिब ३२ हजारले आवेदन बुझाएका छन्। कुन पदमा कति जनाले आवेदन दिएको कुरा अहिले भन्‍न नसकिने बताउँदै उनले अहिले कुन पदका कतिको भन्ने विवरण छुट्याउने काम गरिरहेको बताए ।

उनले चाँडै अन्तर्वाताको मिति तोकिने पनि बताए । जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चालन दशैं अगावै गर्ने तयारी भइरहेको छ। भारतबाट नेपाल सरकारले खरिद गरेको दुई रेल सेट नेपाल भित्रिसकेको छ। अहिले रेल इनर्वा स्टेशनमा राखिएको छ। कर्मचारी अभाव र बोर्डर क्रस सञ्चालन गर्नुपर्ने सम्झौता भारतसँग गर्न बाँकी छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ५९ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा