रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवेदन « Khabarhub

रेल्वे कम्पनीको जागिरका लागि २४८ गुणा बढीको आवेदन


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- रेल्वे कम्पनीको जागिरका लागि मागिएको आवेदनमा २४८ गुणा बढीले आवदेन हालेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका हुन् ।

रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो। आवेदन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेका हुन्।

कम्पनीका महाप्रवन्धन गुरुप्रसाद भट्टराईका अनुसार करिब ३२ हजारले आवेदन बुझाएका छन्। कुन पदमा कति जनाले आवेदन दिएको कुरा अहिले भन्‍न नसकिने बताउँदै उनले अहिले कुन पदका कतिको भन्ने विवरण छुट्याउने काम गरिरहेको बताए ।

उनले चाँडै अन्तर्वाताको मिति तोकिने पनि बताए । जनकपुरको कुर्थादेखि भारत विहारको जयनगरसम्म रेल सञ्चालन दशैं अगावै गर्ने तयारी भइरहेको छ। भारतबाट नेपाल सरकारले खरिद गरेको दुई रेल सेट नेपाल भित्रिसकेको छ। अहिले रेल इनर्वा स्टेशनमा राखिएको छ। कर्मचारी अभाव र बोर्डर क्रस सञ्चालन गर्नुपर्ने सम्झौता भारतसँग गर्न बाँकी छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ५९ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु