साउदीमा नेपाली श्रमिकसँग डा. पाठकले रकम असुल्ने गरेको आरोप « Khabarhub

साउदीमा नेपाली श्रमिकसँग डा. पाठकले रकम असुल्ने गरेको आरोप



दोहा- नेपाली जनप्रगतिशील मोर्चा साउदीले ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारबाही गर्न माग गरेको छ ।

विदेशी भूमिमा अलपत्र नेपालीहरुकाे उद्धार तथा पीसीआर परीक्षणका नाममा उनले मोटाे रकम असुलेको मोर्चाको आरोप छ ।

मोर्चाले विज्ञप्ति जारी गर्दै नेपाली श्रमिकहरुसँग डा. पाठकले पीसीआर परीक्षणका लागि ४८०० देखि ६४०० रूपैयाँसम्म चार्ज लिँदै बिनाचेक जाँच कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिने गरेको समेत आरोप लगाएको छ।

मोर्चाले विज्ञप्तिमा भनेको छ, “नेपाल जान लाग्नुभएका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाँच गर्ने बहानामा मोटो रकम पर-व्यक्ति ४८०० देखि ६४०० सम्म चार्ज लिँदै बिना चेक-जाच गरी कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ दिँदै आएको खुलासा पीडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि खुलेको छ ।”

यस विषयमा मोर्चाले दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ । यो विषय एक व्यक्तिमाथिको मात्रै नभइ समग्रमा राष्ट्रियप्रति कै घात रहेको ठहर मोर्चाले गरेको छ ।

यदि यो विषयलाई सामान्य ठानी दूतावासले खरो रुपमा एक्सन नलिए डा पाठकविरुद्ध जस्तोसुकै कारबाही कुनै कसर बाँकी नराख्ने मोर्चाले चेतावनी  दिएको छ ।

मोर्चाले डा. पाठकले विगतमा गरेका विभिन्न धन्दाहरुको प्रमाण पनि सुरक्षित रहेको जनाउँदै दूतावासको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा