१५ किलो धातु प्रकरण : प्रमाण लोप हुने आशंकामा दरबारमार्गका डीएसपी दाहाल सरुवा « Khabarhub

१५ किलो धातु प्रकरण : प्रमाण लोप हुने आशंकामा दरबारमार्गका डीएसपी दाहाल सरुवा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको कमलादीमा बरामद भएको १५ किलो पहेलो धातु प्रकरणमा मुछिएका महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई सरुवा गरिएको छ।

उनलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली जानकारी दिए।

प्रहरी अपरेशनमा समन्वय नगरेको र दाहालको कार्यशैलीमाथि नै छानबिन भइरहेकाले प्रमाण लोप गर्न सक्ने आशंकामा सरुवा गरिएको हो।

दाहाललाई प्रहरी प्रतिष्ठानमा ताने लगत्तै त्यहाँका डीएसपी रामेश्वर पौडेललाई दरबारमार्गको प्रमुखको जिम्मेवारी दिइएको छ।

दाहालमाथि घटनाको विषयमा माथिल्लो निकायलाई प्रष्ट जानकारी नदिएको, घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भाग्ने मौका दिएको आरोप छ।

मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले सुन प्रकरणमा मुछिएको भनिएको गाडी बिहीबार ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ७ : १६ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी