उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले ज्यान मार्ने धम्की ! | Khabarhub Khabarhub

उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले ज्यान मार्ने धम्की !


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योगमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यहीँ टाउको काट्ने भन्दै धम्की दिएको बताएका हुन् ।

‘मलाई बझाङबाट फोन गरेर एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभयो,’ मन्त्री भट्टले भने, ‘उहाँलाई एमसीसीबारे के अध्ययन गर्नुभएको छ भन्दा उहाँले थाहा छैन भन्नुभयो ।’

मन्त्री भट्टले संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेसबारे बोल्ने क्रममा यस्तो बताएका हुन् ।

उनले मान्छेले नेटवर्किङ बिजनेसबारे पनि एमसीसीबारे झैँ नबुझी टिप्पणी गरेको समेत बताए । उनले भने, ‘मिडियामा नेटवर्किङ कम्पनी दर्ता गर्दा मन्त्रीले अर्बौं खाएको भन्ने समेत आए, थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा कसरी अर्बौं खान्छु ।’

मन्त्री भट्टले अहिलेको नेटवर्किङ व्यवसायमा ठगी गर्ने सम्भावना नरहेको दाबी गरे । सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै ठगिएको बताउँदा उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा बाँकी रहेको बताए ।

हालै नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानून कार्यान्वयन गरिएको छ । मन्त्री भट्टले उक्त कानुन वि.सं. २०७४ मा बनेको र अहिले कार्यान्वयन मात्र गरेको बताए ।

केही वर्षअघि नेपालमा नेटवर्किङ व्यवसायलाई अवैधानिक भन्दै बन्द गराइएको थियो । अब यसलाई पुनः घुस खाएर कानूनी मान्यता दिन लागेको भन्दै बहस उठेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ५४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम