त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा कोरोना संक्रमण « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिनका शिशुमा कोरोना संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ)मा उपचाररत एकजना शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डाक्टर सन्त कुमार दासका अनुसार ४५ दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दी घर भएका ती शिशुमा घाँटीमा समस्या देखिएपछि आइसोलेसन वार्डमा नै राखेर सोमबार शल्यक्रिया समेत गरिएको डा दासले बताए ।

‘हाम्रो अस्पतालमा उपचारत ४५ दिनका शिशुमा कोरोना पोजेटिभ आएको छ । दुइ हप्ताअगाडी अस्पतालमा भर्ना भएका थिए,’ डा दासले खबरहबसँग भने, ‘शिशुको घाँटीमा समस्या भएर शल्यक्रिया गर्नुपरेपछि कोरोना परीक्षणका लागि नमुना लिइएको थियो । अवस्था जटिल भएपछि हिजो आइसोलेसनमै राखेर शल्यक्रिया गरियो। ती शिशुको आज बिहान कोरोनाको रिपोर्ट पाजेटिभ आयो ।”

शिशुलाई अहिले आइसोलेसनमै राखिएको डा दासले जानकारी दिए ।

डा दासका अनुसार टिचिङ अस्पतालमा हाल ५ जना कोरोना पोजेटिभ बिरामीहरु उपचार छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको