लकडाउनमा दिनभर घरमा हुँदा पनि किन निन्द्रा लाग्दैन ? | Khabarhub Khabarhub

लकडाउनमा दिनभर घरमा हुँदा पनि किन निन्द्रा लाग्दैन ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान उठ्यो, अफिस गयो, दिनभरी काम गर्‍यो र साझँ घर आयो । यो वर्षौदेखिको तपाई हाम्रो दैनिकी थियो । तर लकडाउनले यसलाई बिगारिदियो ।

अब घर भित्र रहनु, वल्लोपल्लो कोठा चहार्नु नै दैनिकी बनेको छ । दिनभर बसेर मोवाइल/कम्प्युटर चलाउनु, टेलिभिजन हेर्नु अनि अबेर रातसम्म नसुत्नु दैनिकी बनको छ ।

जसका कारण पर्याप्त समय भएर पनि घरभित्रै मानिसले पर्याप्त निदाउन पाएका छैनन् । आखिर किन मानिसमा लकडाउनमा घरभित्रै रहदाँ पनि सहजै निन्द्रा पर्दैन ।

कोरोना भाइरसको प्रत्यक्ष असर अलावा मानिसको स्वास्थ्यमा तनाव, बैचनीलगायतका समस्याहरु देखा परेको छ । जसको शुरुवाति लक्षण निन्द्रासँग सम्बन्धित छ । यसरी निन्द्रामा आएको समस्यालाई चिकित्सकहरु कोरोना संक्रमण, लकडाउन र त्यसले थपेको चिन्तालाई कारक मान्दछन् ।

मेडिकल विशेषज्ञका अनुसार निन्द्रा गडबडी हुनुको प्रमुख कारण मानिसको सोचाई र अस्तब्यस्त जीवनशैली नै हो । उनीहरुका अनुसार लकडाउनको अवधिमा मानिसमा अनिन्द्रा वा इन्सोम्निया (निन्द्रा कम लाग्ने) लगायतको समस्या बढेको छ ।

अहिलेको अवस्थामा मानिसलाई निन्द्रा नपर्नुको मुख्य कारण भनेको ब्यवसायिक वा कार्यालयको काम बारेको चिन्ता हो । लकडाउनका कारण अबको दिनमा के हुन्छ ? काम कसरी गर्ने ? कस्तो हुन्छ अबको आम्दानीको पाटो लगायतको कारणले पनि मानिस सोच मग्न हुदाँ निन्द्रा नपरेको चिकित्सकहरु बताउँछन् ।

घरमा पर्याप्त समय हुदाँ पनि मानिसमा निन्द्रा नपर्नु, छिनछिनमा निन्द्रा टुट्नु, अबेर रातिसम्म निन्द्रा नलाग्नुको प्रत्यक्ष कारण खराब जीवनशैलीका साथ साथै मानसिक कारण भएको चिकित्सकको भनाई छ । यसलाई तत्काल कुनै उपचार भन्दापनि कोरोनाका कारण मनमा भएको भय कम गर्ने, ब्यवसायिक वा कार्यालयको कामबारे कम सोच्ने तथा जीवनशैली सुधारेर लान चिकित्सकहरु सुझाव दिन्छन् ।

यदि पर्याप्त निन्द्रा पुगिरहेको छैन भने, बिहान सबेरै उठेर घरभित्रैको परिसरमा शारीरिक व्यायाम गर्ने, बिहान खाजामा फलफुल समावेश गर्ने, शरीरमा थकान पुग्ने शारीरिक काम गर्ने, मोवाइल, कम्प्युटर वा टेलिभिजनबाट टाढा रहने घरका काममा ब्यस्त रहने तथा दिउँसो नसुत्ने गरेमा केहि दिन भित्र पर्याप्त निन्द्रापुग्ने चिकित्सक सुझाव दिन्छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : ०२ बजे

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको