स्वदेश भित्रिनेको चाप बढ्यो, क्वारेन्टाइन बढेन | Khabarhub Khabarhub

स्वदेश भित्रिनेको चाप बढ्यो, क्वारेन्टाइन बढेन


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ । फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा ल्याएर राख्न थालेका छन् ।

बढ्दो चापले क्वारेन्टाइनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । पाँच दिनको अवधिमै पश्चिमी सीमानाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् ।

ती मध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौँ ।’

क्वारेन्टाइनमा बस्दै आएका सबैको किट अभावमा आरडिटी र पिसीआर परीक्षण हुन नसकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हुँदै आएको उनले जानकारी दिए।

‘ दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टाइनमा राख्न समस्या त हुन्छ नै सम्हाल्नसमेत गाह्रो हुन्छ’, उनले भने। पाँच दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टाइनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् । बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टाइनको क्षमतामा वृद्धि गरेका छन् ।

नगरपालिकामा मात्रै सीमित क्वारेन्टाइनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टाइनको सङ्ख्या १३७ रहेको छ ।

क्वारेन्टाइनमा श्यया सङ्ख्या छ हजार १९४ र क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या पाँच हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टाइन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् ।

विदेशबाट फर्किएका व्यक्तिको सङ्ख्या भने ११ हजार ५२३ रहेको छ । कञ्चनपुरमा क्वारेन्टाइनको सङ्ख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुर्नवासमा १४, बेलौरीमा सात, लालझाडीमा नौ, बेलडाँडीमा ११ गरी १३७ रहेको छ ।

क्वारेन्टाइनमा श्ययाको सङ्ख्या भीमदत्त नगरपालिकामा ८०० , महाकालीमा दुई हजार, बेदकोटमा ४४२, शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुर्नवासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी छ हजार १९४ रहेको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा एक हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुर्नवास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी पाँच हजार ८९२ जना छन् ।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र आरडिटी दुई हजार ८९९ जनाको मात्रै गरिएको छ ।
फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टाइनमा ल्याउन भरपर्दो साधानको अभाव छ । टिपर र ट्रकलगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको सङ्क्रमणको जोखिम निकै बढाएको बताइएको छ । सामाजिक दूरी कायम गरी बसलगायतका साधानमा भारतबाट फर्कनेलाई ल्याइनुपर्ने स्थानीय जानकारको भनाइ छ । सीमा क्षेत्रबाट नागरिक ओसार्न प्रयोग गरिएका सवारी साधनलाई समेत स्यानिटाइज नगरिदा जोखिम बढेको बताइन्छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  २ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम