कोरोनाको असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव | Khabarhub Khabarhub

कोरोनाको असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न चेम्बरको सुझाव


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसले नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्वर अफ कमर्सले मुख्य सचिवलाई सुझाव हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड(१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभाव वारे नेपाल चेम्वर अफ कमर्सले अर्थ मौद्रिक तथा बित्त, उद्योग,वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन,स्वास्थ्य क्षेत्र लाई पुनरुत्थान गर्न तयार गरेको बिषयगत समष्टिगत बुदां र सुझाव नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले मुख्य सचिव रेग्मीलाई हस्तान्तरण गरेका हुन् ।

अब आर्थिक चलेयमान गर्न लकडाउन पनि विस्तारे भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउन चेम्बरले सुझाव दिएको छ । अहिले काठमाडौंमा भएको मान्छेलाई बाहिर जान दिन नहुने  र बाहिरको मान्छेलाई पनि काठमाडौं आउँन दिन नहुने चेम्बरको सुझाव छ ।

मुख्य सचिवले समष्टिरुपमा आएको सुझावलाई अध्यन गरेर यसलाई अब आउँने बजेटमा र विभिन्न बैठकहरुमा चेम्बरका धारणा र सुझावलाई राख्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ०४ बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो