प्रहरीको पहलमा लकडाउन प्रभावितहरुलाई निःशुल्क खाद्यान्न वितरण | Khabarhub Khabarhub

प्रहरीको पहलमा लकडाउन प्रभावितहरुलाई निःशुल्क खाद्यान्न वितरण


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संत्रमणको जोखिक कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका व्यक्तिलाई प्रहरीको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनका कारण प्रभावित भएका फरक क्षमता भएका व्यक्ति, अपाङ्ग र दैनिक ज्यालादारी गर्नेहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

विभिन्न बैंक तथा वित्तिय संस्था र सहयोगीहरुसँगको समन्वयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निःशुल्क खाद्यान्न वितरण गर्न थालेको हो ।

जसअन्तर्गत सोमबार मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका तथा अशक्त व्यक्तिसहित हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

डीआईजी पोखरेलकै उपस्थितिमा निःशुल्क खाद्यान्न वितरण गरिएको थियो ।

‘मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैती, हत्या, हिंसा, ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर निरन्तर संचालन गरिने छ,’ डीआईजी पोखरेलले भने ।

लकडाउनको अवधिमा कुनै व्यक्तिलाई खाद्यान्न अभाव भए प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न पनि डीआईजी पोखरेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ५ : ३६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम