पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण थालियो | Khabarhub Khabarhub

पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण थालियो


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ ।

गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ३५ वर्षीय युवकको आइतबार राति नै मृत्यु भएको थियो । धादिङ घर भएका उनी केही दिन अगाडि भारतबाट आएका जनाइएको छ ।

पाटन अस्पताल स्रोतका अनुसार उनी आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए । अवस्था गम्भी भएका कारण आईसीयूमा राखेर उपचार थालिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

अस्पताल प्रशासनले उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ ।

‘मृत्यु भएका बिरामी आईसोलसेनमा भर्ना भएका होइनन् । तर, उनमा पनि कोरोना संक्रमण भएको आशंकाका आधारमा नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ,’ पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले खबरहबसँग भने, ‘तर ती बिरामी आइसोलेसनमा भर्ना भएका होइनन् । आईसीयूमा भर्ना भएका हुन् ।’

यसअघि आइतबार मात्रै बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको पनि मृत्यु भएको थियो । उनको पनि कोरोना संक्रमणको आशंकामा नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १२ : ४८ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्