मौसममा पश्चिमी वायुको प्रभाव, आज सामान्य बदली हुने तर पानी नपर्ने | Khabarhub Khabarhub

मौसममा पश्चिमी वायुको प्रभाव, आज सामान्य बदली हुने तर पानी नपर्ने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा पश्चिमी वायुको आँशिक प्रभाव छ। जसका कारण देशभर सामान्य मौसमी बदली रहेपनि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य बदली भएपनि पानी नपर्ने महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र १७ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भाग तथा पुर्वी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

चैत्र १८ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

रातिः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहने र मध्य र पुर्वका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित बर्षा हुन सक्ने देखीएको छ। हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

चैत्र १९ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक / दुइ स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

रातिः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका एक / दुइ स्थानमा मेघ गर्जन/हावाहुरि सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ०३ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार