सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य | Khabarhub Khabarhub

सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको कमर्सियल गाडी किन्न चहानेले राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच यस्तो सम्झौता भएको हो।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको कम्पनीको भनाइ छ।

No description available.

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यले यो सुविधा सिप्रदी ट्रेडिङ्गका देशभरी रहेका सबै डिलरहरुबाट पनि उपलब्ध हुने बताइएको छ।

No description available.

तोकिएको सहुलियतपूर्ण कर्जाभित्र के–के छन्ः
व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
शिक्षित युवा स्वरोजगार कर्जा,
विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा,
महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम